अस्ट्रेलियामा फेला पर्याे विश्वको सबैभन्दा पुरानो हड्डी, १० करोड ७० लाख वर्ष पुरानो भएको पुष्टि

सिड्नी । अस्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको खुलासा भएको छ । बुधवार प्रकाशित एक अध्ययन अनुसार सो हड्डी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरको भएको खुलेको हो । जुन सरीसृप अस्ट्रेलियाको आकाशमा १ सय ७० मिलियन वर्ष पहिले उड्ने गरेको थियो।
अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट डायनासोर कोभबाट निकालिएका प्राग ऐतिहासिक हड्डीका दुई टुक्राहरूको परीक्षण गरे पछि पेलेओन्टोलोजिस्टहरूले यस्तो निष्कर्षमा पुगेका हुन् ।
बुधबार हिस्ट्री बायोलोजी नामक विज्ञान जर्नलमा प्रकाशित अध्ययन अनुसार उक्त नमुनाहरू देशबाट बरामद गरिएको टेरोसरको सबैभन्दा पुरानो अवशेष भएको देखियो ।
यो विशाल प्राणी उडानको क्षमता विकसित गर्ने पहिलो कशेरुका जाती थियो र १७० मिलियन वर्ष पहिला सुरु भएको मेसोजोइक युगमा डायनासोरसँगै बस्ने गरेको थियो ।
मेलबर्नको कर्टिन विश्वविद्यालय र म्युजियम भिक्टोरियाका विज्ञहरूले अस्ट्रेलियामा फेला परेको किशोर टेरोसरको पखेटाका दुई हड्डीको जाँच गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको स्याउ मनाङमै खपत
-
टोटनह्यामविरुद्धको खेल पुनः खेलाइनुपर्ने क्लपको माग
-
अनलाइन सट्टेबाजी : अभिनेता रणवीर कपूरलाई सोधपुछका लागि बोलाइयो
-
एमसीसी परियोजनाले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुल्यो : प्रचण्ड
-
आमिर खानको फिल्ममा सनी देओल मुख्य भूमिकामा रहने
-
आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ