आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

बथनाहा-विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवा उद्घाटन

बिहीबार, १८ जेठ २०८०, १३ : ०५
बिहीबार, १८ जेठ २०८०

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका छन् ।  २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट रेल नेपालतर्फ प्रस्थान गरेको हो । 

कार्गो रेल पहिलो पटक आउने भएपछि विराटनगरको कस्टम यार्ड सिँगारिएको छ । रेल हेर्ने स्थानीयको भिड लागेको छ भने उद्योगी व्यवसायीले रेललाई स्वागत गर्दैछन् । फूल मालाले सिँगारेर रेललाई पनि चिटिक्क पारिएको छ । 

रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन अझै सकेको थिएन । बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । 

यसैबीच दुई प्रधानमन्त्रीले सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास र नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको पनि उद्घाटन गरेका छन् ।  उनीहरुले अमलेखगञ्जदेखि चितवनको लोथलसम्मको पेट्रोलियम पाइपलाइनको पनि शिलान्यास गरेका छन् ।

यस्ता छन् अन्य सम्झौता–
–सिलीगुडी– झापा पेट्रोलियम पाइपलाइन निर्माण 
–दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण
–फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट
– क्रस बोर्डर पेमेन्ट समझदारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप