भारतीय प्रधानमन्त्री मोदीले भने, ‘भारत–नेपाल पार्टनरसीप सुपरहिट बनाउँछौँ’
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा धेरै प्रगती भएको बताउँदै रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइन लगायत थुप्रै काम गरेको बताएका छन् । भविष्यमा आफ्नो पार्टनरसीपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय भएको बताउँदै नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिने सम्झौता भएको जानकारी दिए ।
क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास उनले वक्त गरे । त्यस्तै आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखिएको बताउँदै उनले फुकोट कर्णाली हाइड्रपावरलगायतका आयोजनामा भारतले मिलेर काम गर्ने जानकारी गराए । अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनीसम्म पुर्याउने बताएका उनले झापा सिलिगुडीमा नयाँ पाइपलाइन बनाउने पनि जानकारी गराए ।
उनले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिने आफू दुईजना छलफल भएको बताए । नेपाल र भारतको सम्बन्ध हिमाल जस्तै उच्च रहेको बताउँदै उनले सीमालगायत अन्य समस्या समाधान गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण