शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीस्तरीय भ्रमणमा अग्निपथ र ईपीजीको विषयमा छलफल भएन : क्वात्रा

बिहीबार, १८ जेठ २०८०, १६ : ३२
बिहीबार, १८ जेठ २०८०

नयाँदिल्ली । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्निपथ र ईपीजीको विषयमा छलफल नभएको बताएका छन् । दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्वात्राले यस्तो बताएका हुन् ।

विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पत्रकारले अग्निपथको विषयमा प्रश्न सोधेका थिए । त्यसको जवाफ दिँदै क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीले विविध पक्षमा छलफल र सम्झौता गरेपनि अग्निपथ र ईपीजीको विषयमा छलफल नै नगरेको बताए । भारतले आफ्नो सैनिक सेवामा अग्निपथ लागू गरेपछि गोर्खा भर्ति हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप