महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले पूजा गर्ने, सर्वसाधारणलाई ६ घण्टा निषेध
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि मध्यप्रदेश जाँदैछन् । यस क्रममा उनले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चनासमेत गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । सो अवसरमा मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि उपस्थित हुने जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले शुक्रबार मन्दिरको दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन तथा केही कडाइ गरेको छ । नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरिएको अधिकारीहरुको भनाइ छ ।
यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने जनाइएको छ ।
गर्भगृहमा जानका लागि ७५० रुपैयाँ तिरेर पाइने विशेष सुविधा पनि उक्त अवधिसम्म निलम्बित रहने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण