नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण : प्रचण्ड
नयाँ दिल्ली । चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको विकास र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतलाई नेपालको ‘घनिष्ठ छिमेकी’ को संज्ञा दिए ।
पत्रकार सम्मेलनमा उनले भारतीय समकक्षी मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । ‘मैले प्रधानमन्त्री मोदीजीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएको छु, म उहाँको स्वागतका लागि उत्सुक छु,’ उनले भने ।
उनले नेपाल र भारतबीचको सम्बन्ध पुरानो र ‘बहुआयामिक’ रहेको पनि बताए । मोदीको नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यको विकास देखेर आफूहरू खुसी भएको उनको भनाइ थियो । उनले भने, ‘हामी प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम नेतृत्वमा भारतको अर्थव्यवस्था र राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन देखेर खुसी छौँ ।’
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्रीका रूपमा ९ वर्ष पूरा गरेकोमा बधाई समेत दिए । उनले दुई देशबीचको सम्बन्ध सभ्यतागत, सांस्कृतिक र सामाजिक–आर्थिक सम्बन्धको समृद्ध परम्पराद्वारा निर्मित ठोस धरातलमा टिकेको चर्चा गरे ।
उनले भारतीय समकक्षी मोदीको ‘छिमेकी पहिले’ नीतिको प्रशंसासमेत गरे । भेटवार्ताका क्रममा आफूले दुई देशबीच सहयोग अझ मजबुत बनाउने विषयमा छलफल गरेको पनि उनले बताए ।
भारतीय समकक्षीसँगको भेटवार्तामा पारवहन, लगानी, विद्युत्, व्यापार, सिँचाइ, कृषि, हवाई प्रवेश मार्ग लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जनाए । उनले दुई पक्षीय कूटनीतिक संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न भारतीय समकक्षीसँग चर्चा गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण