स्वास्थ्यमन्त्री बस्नेतद्वारा स्वास्थ्यचौकीको भवन उद्घाटन
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्यचौकीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्यचौकीको दुई तले भवनको औपचारिक उद्घाटन गरेका हुन् । भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिए ।
“भवन र उपकरणले मात्र स्वास्थ्य सेवा प्रवाह हुँदैन । त्यसमा आवश्यक पर्ने जनशक्तिको पनि व्यवस्था हुनुपर्छ”, उनले भने, “संविधानले नै ग्यारेन्टी गरेको स्वास्थ्यको हक नागरिकले सहजरूपमा पाउनुपछ । त्यसतर्फ हामीले काम अगाडि बढाइसकेका छौँ ।”
उनले जनताले अनुभूति गर्ने गरी सेवामा सुधार गर्दै लैजानेतर्फ आफू र मन्त्रालयको टिमले योजना बनाउँदै काम गर्ने तयारी गरिरहेको जानकारी दिए । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयबाट नवनिर्मित भवनका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, औषधि र अन्य स्वास्थ्य सामग्री पनि सोही कार्यक्रमका क्रममा हस्तान्तरण गर्नुभएको छ ।
दश वटा कोठा भएको दुई तले उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले छायाँश्वरी निर्माण सेवामार्फत रु एक करोड ७४ लाख ११ हजारमा निर्माण गरेको हो । भवन निर्माणका लागि आयोजनाले २०७८ वैशाख ३ गते सम्झौता गरेको र २०७९ पुस २७ गते निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर टङ्कप्रसाद गौतमले जानकारी दिए ।
कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले संविधानले दिएको अधिकारअनुसार नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले स्वास्थ्य बीमाका क्षेत्रमा पनि गाउँपालिकाले काम गरिरहेको बताए ।
बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले स्वास्थ्यमन्त्री हुनुभन्दा अघिदेखिनै नागरिकको स्वास्थ्यमा सहयोग गर्दै आएका व्यक्ति स्वास्थ्यमन्त्री भएको भन्दै मन्त्री बस्नेतको प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण