प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट सडकमार्ग हुँदै उज्जैनका लागि प्रस्थान
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट सडक मार्ग हुँदै उज्जैनका लागि प्रस्थान गरेका छन् । इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थलमा अवतरण गरी उनी उज्जैनका लागि हिँडेका हुन् । उज्जैनको महाकालेश्वर मन्दिरमा बिहान ११ बजेदेखि उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजाका लागि उनी त्यता जान लागेका हुन् । पूजापछि उनले महाकाल कोरिडोरको अवलोकन गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड १ बजे पुनः सडक मार्गबाट इन्दौर फर्किने र मध्य प्रदेशका राज्यपाल मंगूभाई पटेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले इन्दौरको सॉलिड वेस्ट मैनेजमेंट सिस्टमको अवलोकन गर्नेछन् भने साँझ ७ बजे मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उनको सम्मानमा दिने रात्रिभोजमा सहभागी हुनेछन् ।
शनिवार बिहान टाटा कन्सल्टेन्सी सर्भिस र इन्फोसिस स्पेसल इकोनोमी जोनको अवलोकन भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड दिउँसो २ बजे दिल्ली फिर्ता हुनेछन् र अपराह्न ३ बजे दिल्ली एयरपोर्ट पुगेर ४ः२० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण