भारत भ्रमण
मध्यप्रदेशका मुख्यमन्त्रीद्वारा इन्दौरमा प्रचण्डको स्वागत, सुरक्षामा ७०० प्रहरी तैनाथ
शुक्रबार, १९ जेठ २०८०, ११ : ४०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तेस्रो दिन मध्य प्रदेश राज्यको इन्दौर पुगेका छन् ।
उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् ।
प्रचण्डको भ्रमणलाई केन्द्रित गरेर सहरको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ । इन्दौर विमानस्थलदेखि विजयनगरसम्मको सडक खाली गराएर प्रधानमन्त्री प्रचण्डको सवारी चलाइएको छ ।
महाकाल दर्शनका लागि उनी सुपर करिडोर, लवकुश चौराहा हुँदै स्थलमार्गबाट गएका छन् ।
प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्थामा उज्जैनमा ७०० भन्दा बढी प्रहरी तैनाथ गरिएको छ । इन्दौरदेखि उज्जैनसम्म सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण