बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड पुगे उज्जैन

शुक्रबार, १९ जेठ २०८०, १४ : १२
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्दौरको उज्जैन पुगेका छन् । महाकालेश्वर मन्दिरमा उनलाई मध्यप्रदेशका राज्यपाल मंगु पटेल र प्रदेश सरकारका मन्त्री मोहन यादवले स्वागत गरेका छन् । 

उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजा गर्नका लागि उनी त्यता गएका हुन् । प्रधानमन्त्रीले नेपालबाट लगिएको १०८ केजी रुद्राक्षले त्यहाँ विशेष पूजा गर्ने बताइएको छ ।  पूजापछि उनले महाकाल कोरिडरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । पूजा र अवलोकनको कार्यक्रम सकिएपछि उनी सडकमार्ग हुँदै पुनः इन्दौर फर्किने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप