भारत भ्रमण अत्यन्तै फलदायी रह्यो : प्रधानमन्त्री प्रचण्ड
नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अत्यन्तै फलदायी भएको बताएका छन् । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शनिबार ट्वीटरमार्फत भ्रमण फलदायी भएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भनेका छन् : ‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो ।’
उनले भारतको स्वच्छ शहरको पहिचान बनाएको इन्दोरस्थित फोहोर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरिएको सो क्षेत्रको भ्रमण नेपालका लागि समेत उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गरेका थिए ।
उज्जैनमा उनले महाकालेश्वर मन्दिरको अवलोकन र पुजापाठ गरेका थिए । ट्वीटरमा उनले लेखेका छन् : ‘भारतको प्रशिद्ध प्राचिन शहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलेको छ । म न्यानो स्वागत र आत्मीय आतिथ्यताका लागि मध्यप्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराज शिंह चौहानजीप्रति आभार प्रकट गर्दछु ।’
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली आज साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण