शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोराको संघर्ष : कुनै समय हुक्का बारमा समेत काम गरिन्

शनिबार, २० जेठ २०८०, १३ : ००
शनिबार, २० जेठ २०८०

मुम्बई । नोरा फतेहीले भर्खरै एक अन्तर्वार्तामा आफ्नो संघर्षका दिनहरूबारे कुरा गरेकी छिन् । उनले आफू कुनै समय हुक्का बारमा काम गर्ने गरेको खुलाइन् । 

उनले अरु केटीजस्तै पार्टी नगर्ने बरु दिनहुँ कोठामा थुनेर आफ्नो सीपमा काम गर्ने गरेको पनि बताइन् । ३१ वर्षीया अभिनेत्रीले हेलेनलाई आफ्नो रोल मोडलको रूपमा व्याख्या गर्दै उनको बायोपिक गर्न चाहेको बताइन् ।

बीबीसी एसियन नेटवर्कलाई दिएको अन्तर्वार्तामा नोराले आफ्नो आधारभूत आवश्यकता पूरा गर्न धेरै प्रकारका काम गरेको बताइन् । आफ्नो नृत्य कलालाई अझ निखार्न उनले हुक्का बारमा पनि काम गरेकी थिइन् । नोराले भनिन्-'जुनसुकै अवसर पाएँ, अन्तिम क्षणमा पाएँ । म कृतज्ञ छु कि म हरेक अवसरका लागि पहिलेदेखि नै तयार थिएँ।'

नोराले भनिन्, ‘म घरबाट बाहिर निस्किन्नँ । अरु केटीहरु जस्तै पार्टी गर्दिनँ ।' उनी हरेक दिन आफूलाई कोठामा बन्द गरेर हिन्दीमा काम गर्थिन् र टिभी हेरेर नृत्यको अभ्यास गर्थिन् । ‘यस कारणले गर्दा मैले मेरो भाइको विवाह, उसको जन्मदिन र धेरै धेरै मिस गरेँ। धेरैले मलाई सोध्ने गर्थे-'के तिमी अर्को कट्रिना कैफ बन्न चाहन्छौ ?,' उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप