मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ : पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । शनिबार काठमाडौँमा भएको स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पाण्डेले मुलुक आर्थिक रूपमा सङ्कटग्रस्त अवस्थामा पुगेको बताएका हुन् ।
उनले सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेको बताउँदै मुलुकमा वित्तीय सङ्कट आउन सक्ने परिस्थिति देखिएको जिकिर गरे । उनले भने,‘अहिले मुलुकको अर्थतन्त्र धेरै अप्ठ्यारो स्थितिमा देखेको छु । सरकार र निजी क्षेत्र दुवैमा दबाब छ । त्यस कारणले पनि अगाडि वित्तीय रूपमा सङ्कट आउने हो की भन्ने लागेको छ । निजी क्षेत्रले बैंकको ब्याजदर गिरावट चाहिन्छ भनि रहेको छ तर ब्याजदरमा कमी आउने अवस्था देख्दिन । यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको छ । यसपालि ९ प्रतिशत कर्जा वृद्धि भएको छ । अर्को वर्ष यो भन्दा कर्जा वृद्धि हुने अवस्था छैन । अघिल्लो पाँच वर्ष २५ प्रतिशतले वृद्धि थियो । यो अवस्थालाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरू मिलेर गर्नुपर्छ । त्यस्तो भए मात्रै देशलाई सही ठाउँमा लाग्न सक्छौं । हामीले हिम्मत हार्नु हुँदैन ।’
कार्यक्रममा बोल्दै पूर्वगभर्नर डा.विजयनाथ भट्टराईले नेपालको अर्थव्यवस्थामा सरकारी वित्तहरूमा भाँडभैलो अवस्थामा रहेको बताए । उनले डा.गोविन्दबहादुर थापा भएको भए अहिलेका नेतृत्वहरूमा बुद्धि पलाउने अवस्था आउने थियो भन्दै स्मरण गरे । थापाले सरकारी वित्तको विषयमा सरकारले बनाउने नीतिहरूको विषयमा धेरे लेखेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण