गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र आफू नेतृत्वको टोली पत्नी सीता दाहालको स्वास्थ्य लाभका लागि भारतको तीर्थस्थल महाकालेश्वर नगएको दावी गरेका छन् । उनले आफू सो मन्दिरमा गएकोमा पक्ष विपक्षमा टिप्पणीहरु सुनेको भन्दै आफू मनैले धर्मनिरपेक्षवादी भएको बताए ।
‘धर्मनिरपेक्षवादी भएको नाताले हिन्दु, मुस्लिम, बुद्धिष्ट सबैप्रति समान दृष्टिकोण राख्नुपर्छ’ उनले भने, ‘उज्जैन भव्य रहेछ । हामी पनि बुद्ध सर्किट बनाउँदैछौ, धार्मिक पर्यटनको प्रयास गरिरहेका छौ । यस्तो अवस्थामा म भारत भ्रमणमा गएका बेला उज्जैन गएका हौ ।’
उनले आफुु कम्युनिस्टमात्र नभएर प्रधानमन्त्री भएको भन्दै त्यहाँ जाँदा सुरक्षाकर्मीले आफूलाई गेरुबस्त्र नलाउन बल गरे पनि त्यहाँको प्रोटोकल मान्नुपर्ने भएकाले लगाएको स्पस्ट पारे ।
‘महाकालेश्वरमा लाउनैपर्ने रहेछ । मैले नलाउँदा भारतका करोडौलाई चिसो पस्ने भएकाले म सहज ढंगले खुसी भएर लाएको हो’, प्रधानमन्त्रीले भने, ‘एकथरी साथीलाई यो के भयो भन्ने भयो ? कतिपयलाई अब कमण्डलु बोकेर हिँड्ने भयो पनि भने’ प्रचण्डले भने,‘यसलाई सांस्कृतिक कटनीतिका रुपमा किन नबुझ्ने ?’
उनले कतिपयले पत्नीको स्वास्थ्यलाभका लागि मन्दिर गएको भनिए पनि त्यसमा सत्यता नभएको बताए । साथै रुद्राक्ष आफूले नभएर परराष्ट्मन्त्रीले लगेकाले आफूले छोएको मात्र प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण