प्रधानमन्त्रीले खोजे संसदमा देउवा र ओली
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष्मा तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालगायत सदनमा नदेखिएको गुनासो गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैै प्रचण्डले भने, ‘परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले बोल्ने भनेपछि प्रमुख प्रतिपक्षी दलका नेता सत्ता गठबन्धनका पनि सबै नेताहरु उपस्थित हुने प्रचलन थियो । तर आज प्रतिपक्षी दलको प्रमुख नेता हुनुहुन्न । सत्ता गठबन्धनको पनि नेता हुनुहुन्न । अली नमिठो महसुस भएको छ ।’
उनले हिजोदेखि सदनमा भारत भ्रमणका उठेका प्रश्नबारे स्पष्ट पार्न आफू यहाँ उपस्थित भएको पनि बताए । उनले भारत भ्रमणबारे जानकारी दिन सुरु गर्दा ढिला गरी ओली भने बैठक हलमा प्रवेश गरे । त्यसपछि प्रचण्डले भने, ‘म प्रतिपक्षी दलका नेतालाई धन्यवाद भन्न चाहन्छु। उहाँ आइदिनु भयो ।’ त्यसपछि उनले भारत भ्रमणका सन्दर्भमा उठेका विषयहरुको जवाफ दिन सुरु गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण