शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त

सोमबार, २२ जेठ २०८०, १७ : २२
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई पपुवा न्यूगिनी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई कोलम्बिया र डेनमार्कका राजदूत रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । 

यसअघि पनि राष्ट्रपतिले विभिन्न देशमा गैरआवासीय राजदूत नियुक्त गरेका थिए । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप