बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, २२ जेठ २०८०, २२ : २५
चितवन । भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोसालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएको कार्यालयले जनाएको छ । घाइते नेपालीको अवस्था खतरामुक्त छ । घाइते नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण