भैँसी कविता
मङ्गलबार, २३ जेठ २०८०, ११ : २०
न पाडी
न कोरली
न कम्लाकी
न त ब्याउने
न लैनो
न बकेर्नो
न बैला
न थाकेकी
न थारो
न त बुढी नै,
न लिमे
न पार्कोटे
न गद्दी
न त मुर्रा
न निलिरवी
न मेहसाना
न जफरावादी
न लाहुरी
न गुजराती
न त भैँसी नै,
उन्मत्त उग्र
मैमत्ता मात्तेको
सुम्लेको पात्तेको
सन्की राँगोले
दुध देला म खाउँला
भनी आस पाल्ने
म नै दुई खुट्टे पशु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण