बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

भारतीय संसदमा राखिएको नक्साबारे कुरा भयो : प्रचण्ड

बुधबार, २४ जेठ २०८०, १२ : ३९
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसदमा राखिएको नक्सा बारेमा कुरा उठाएको बताएका छन् । बुधबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा नक्सा बारेमा कुरा  उठाएन भन्ने कुरा गलत भएको बताए ।

‘भारतीय संसदमा राखेको नक्सा बारेमा कुरा भयो । नक्सा बारेमा धेरै अध्ययन भइसकेको थिएन । जसरी मिडियामा आएको थियो त्यो विषयमा प्रश्न गरे । नयाँ संसद भवनमा भारतले राखेको विषयमा विभिन्न कोणबाट चर्चा परिचर्चा भएको छ । यो विषयमा प्रतिनिधि सभामा पनि जवाफ दिएको थिएँ’ प्रचण्डले जवाफ दिँदै भने, ‘उहाँहरुले यो कुनै राजनीतिक नक्सा होइन । एेतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपमा हेर्न हुँदैन भनेर उहाँहरुको जवाफ थियो ।’ प्रधानमन्त्रीले उठाएन वा बोलेन भन्ने कुरा गलत भएको प्रचण्डले बताए । 

तराई डुबानको विषयमा पनि भ्रमणमा कुरा उठाएको प्रचण्डले बताए । ‘तराई डुबानको विषयमा पनि गम्भीर छलफल भयो । त्यस्तै लक्ष्मणपुर बाँधको विशेषमा पनि छलफल भएको छ । डुबानका विषयमा वर्षा अगाडि नै दुई देशका अधिकारीले समाधानका विषयमा केन्द्रीत रहेका छलफल गर्न निर्देशन दिइसकिएको छ’ प्रचण्डले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप