औपचारिक बैठकमा जमिन सट्टापट्टाबारे कुरा भएकाे छैन : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग औपचारिक बैठकमा जमिन सट्टापट्टाको कुरा नगरिएको बताएका छन् । बुधवार राष्ट्रियसभामा भारत भ्रमणका बारेमा जवाफ दिने क्रममा प्रचण्डले अनावश्यक रूपमा जमिन सट्टापट्टाको कुरा नगर्न आग्रह गरे ।
‘माननीयले तपाईँ जमिन नै दिएर आउनु भएछ भन्नुभयो । मैले कुनै औपचारिक बैठकमा जमिन सट्टा पट्टा बारेमा कुरै गरेको छैन । खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । ती क्षेत्रको सीमा समस्या वार्ताद्वारा हल गरिनुपर्छ भन्ने कुरा भनेको हो’ प्रचण्डले भने, ‘नेपाली पत्रकारसँग कुरा गर्दा सीमाका विषयमा धेरै खालका विचारहरू छन् ।
नेपालका बुद्धिजीवीहरूले बङ्गलादेशको मोडलमा जान सकिन्छ भनेर राख्नुभएको छ । वा बङ्गलादेश जाने बाटो पाउने हो भने त्यो पनि समस्याको समाधान हुनसक्छ भनेका छन् भनेर बोलेको हो ।’ आफूले भारतसँग प्रस्ताव राखेको वा कुरा नराखेको प्रचण्ड स्पष्ट पारे । ‘जमिन सट्टापट्टाको विषय एउटा बुद्धिजीवीले मात्रै होइन । सरकारले समय समयमा अध्ययन गराउने गरेको रहेछ । जमिन सट्टापट्टा गर्न सकिन्छ भनेर उहिल्यैदेखि भनिएको रहेछ’ उनले भने, ‘मैले आविष्कार गरेको कुरा होइन । यस्ता विचार छन् भनेर भनेको मात्रै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण