भारत भ्रमणबाट सम्मानित भएर आएको महसुस भएको छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट आफू सम्मानित भएरै आएको बताएका छन् । भारत भ्रमणका विषयमा राष्ट्रियसभामा जवाफ दिँदै प्रचण्डले भारतबाट विल्कुल अपमानित भएर नआएको जिकिर गरे ।
‘भारत भ्रमणमा विल्कुल अपमानित भएर आएको छैन । मैले बडो सम्मानित भएर आएको महसुस छ । मसँगै जाने माननीयहरू हुनुहुन्छ । हामी सबै भारत भ्रमणबाट निक्कै उत्साहित भएका छौँ’ प्रचण्डले भने, ‘राज्यमन्त्री स्वागत गर्न आए प्रधानमन्त्री नआएर भन्नुहुन्छ । सबैलाई स्वागत गर्न आउने राज्यमन्त्री हो । विगतका एकाध भ्रमणलाई छोडेर हेर्दा राज्यमन्त्री आउने हो ।’
प्रचण्डले आफ्नो दोस्रो पटक भारत भ्रमणमा राजकीय भ्रमण भएकाले विदेश मन्त्री शुष्मा स्वराज स्वागत गर्न आएको स्मरण गरे । ‘मेरो दोस्रो पटकको भारत भ्रमण राजकीय थियो । त्यतिबेला विदेश मन्त्री शुस्मा स्वराज आउनुभएको थियो’ प्रचण्डले भने, ‘अफिसिल भिजिटमा राज्य मन्त्री नै स्वागत गर्न आउने हो । कतिपय अवस्थामा प्रधानमन्त्रीलाई सचिव लिन आएका छन् । त्यतिबेला कसैले उठाएन । अहिले प्रचण्ड भ्रमणमा गएका बेला राज्यमन्त्री आए भनिएको छ ।’ भारत भ्रमण राजकीय भ्रमणमा जस्तो हुन्थ्यो त्यो भन्दा कम नभएको प्रचण्डले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण