प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य देखेँ : प्रचण्ड
बुधबार, २४ जेठ २०८०, १३ : ३८
१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा सभ्य लागेको बताएका छन् । राष्ट्रियसभामा भारत भ्रमणको विषयमा जवाफ दिने क्रममा बोल्दै प्रचण्डले राष्ट्रियसभा जे होस् सम्मानितै रहेछ भन्दै खुसी व्यक्त गरे । भारत भ्रमणको विषयमा प्रतिनिधिसभा भन्दा राष्ट्रियसभामा स्वच्छ वातावरणमा छलफल भएको प्रचण्डले बताए ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई एमाले, राप्रपा र रास्वपा लगायत दलका सांसदहरूले धेरै प्रश्न सोधेर दबाबमा राखेका थिए । त्यसमा पनि भारतबाट आयात गरिएको राँगा प्रकरणले संसद्मा लफडा नै भएको थियो । रास्वपाका एक सांसदले प्रधानमन्त्री भैँसी चढेर स्वदेश फर्किएको बताएपछि संसद्मा रेकर्डबाटै शब्द हटाउनुपरेको थियो । तर, राष्ट्रियसभामा तुलनात्मक रूपमा कम विवाद भएपछि प्रधानमन्त्रीले समेत खुसी व्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर