प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य देखेँ : प्रचण्ड
बुधबार, २४ जेठ २०८०, १३ : ३८
१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा सभ्य लागेको बताएका छन् । राष्ट्रियसभामा भारत भ्रमणको विषयमा जवाफ दिने क्रममा बोल्दै प्रचण्डले राष्ट्रियसभा जे होस् सम्मानितै रहेछ भन्दै खुसी व्यक्त गरे । भारत भ्रमणको विषयमा प्रतिनिधिसभा भन्दा राष्ट्रियसभामा स्वच्छ वातावरणमा छलफल भएको प्रचण्डले बताए ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई एमाले, राप्रपा र रास्वपा लगायत दलका सांसदहरूले धेरै प्रश्न सोधेर दबाबमा राखेका थिए । त्यसमा पनि भारतबाट आयात गरिएको राँगा प्रकरणले संसद्मा लफडा नै भएको थियो । रास्वपाका एक सांसदले प्रधानमन्त्री भैँसी चढेर स्वदेश फर्किएको बताएपछि संसद्मा रेकर्डबाटै शब्द हटाउनुपरेको थियो । तर, राष्ट्रियसभामा तुलनात्मक रूपमा कम विवाद भएपछि प्रधानमन्त्रीले समेत खुसी व्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण