निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ । संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो ।
नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना र केन्द्रीय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरणः सेवामा सबलीकरण’ भन्ने मुल नाराका साथ दोस्रो राष्ट्रिय भेलाको आयोजना गरिएको हो ।
संगठनका अध्यक्ष लेखनाथ कोइरालाले भेलामा देशभरबाट करिब ५०० प्रतिनिधिहरूको उपस्थिति हुने बताए । भेलाको नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उनले जानकारी दिए । त्यस्तै भेलामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सदस्यहरू समेतको उपस्थिति हुने उनको भनाइ छ ।
कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनैतिक नेतृत्वमा महिलाहरूको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावी लक्ष्यसहित विभिन्न पक्षहरूमा छलफल तथा बहस हुने जनाइएको छ । भेलामा श्रीलंका, बंगलादेश, भारत लगायतका देशबाट विदेशी पाउनेहरू पनि आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण