अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
सारांश
- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भनेका छन्।
- उनले एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको सो घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।
- कुनै पनि बहानामा देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उनले बताएका छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भनेका छन्।
सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उनले एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको सो घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।
अहिलेको वैज्ञानिक युग, बदलिँदो भूराजनीति र नेपालमा भर्खरै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा यस्ता अवाञ्छित र हानिकारक घटना हुन नदिन उनले सबैलाई आग्रह गरेका छन्। जेनजी विद्रोहपछि बनेको नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नागरिकले उच्च विवेक तथा संयमको प्रयोग गर्नुपर्ने धारणा उनले राखेका छन्।
कुनै पनि बहानामा देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उनले बताएका छन्। ‘आगामी दिन अझै चुनौतीपूर्ण हुन सक्छन्,’ भट्टराईले भनेका छन्, ‘हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेहबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने
-
सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
-
राजीव खत्रीको प्रश्न – विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय चुनावमै मताधिकार दिन सकिन्छ ?
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण