विकास मोडेलबारे फरक ढंगले सोच्नुपर्ने अवस्था आएको छ : प्रधानमन्त्री प्रचण्ड
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भइरहेको विकास पद्धतिका बारेमा फरक ढंगले सोच्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्दै उनले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले योजनाबद्ध विकासको प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशिता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । उत्पादन रोजगारीको क्षेत्रमा प्रगति उत्साहजनक नभएको उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबारलाई सुचारु गर्ने निर्णय गरिएको उनले उल्लेख गरे । पछिल्लो समयमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद भएको उनले बताए ।
उनले भने, कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थिर रहन्छ ।’
प्रधानमन्त्री प्रचण्डले उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाए । निजी क्षेत्रका समस्या समाधान गर्नको लागि सरकार तयार रहेको उनले बताए । उनले सरकारले नयाँ योजनाभन्दा पनि महत्पूर्ण आयोजनालाई निरन्तरता दिनुपर्ने अवस्थामा रहेको बताए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनीको पर्यटन विकास गरेमात्रै देशको आर्थिक अवस्था सुधार हुने बताए । गौतमबुद्ध विमानस्थललाई पूर्णरूपमा सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्ने उनले बताए । विमानस्थलबाट लुम्बिनीमा पर्यटन ल्याउन सकिने भएको यसको महत्त्व अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको उनले बताए ।
यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयता कार्यान्वयन गर्नका लागि प्रहरी प्रदेशमा दिनुपर्ने बताए । प्रहरी विनाको प्रदेश सरकार कसरी हुन्छ भन्दै उनले प्रश्न गरे । संधीयता कार्यान्वयन गर्न संविधानले तोकेको अधिकार प्रदेशलाई दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण