शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला इमर्जिङ टिम्स एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसँग

बिहीबार, २५ जेठ २०८०, १६ : ३५
बिहीबार, २५ जेठ २०८०

काठमाडौं । एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिता जुन १२ देखि २१ तारिखसम्म हङ्कङमा आयोजना हुँदैछ ।

अन्तिम समयमा आएर उक्त प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको हो । प्राविधिक समस्याका कारण थाइल्यान्डले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएपछि उक्त स्थानमा नेपालले खेल्ने अवसर पाएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त आयोजक हङ्कङ, भारत र पाकिस्तानका रहेका छन् । प्रतियोगितामा भारत र पाकिस्तानको ‘ए’ टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, यूएई र मलेसिया रहेका छन् । श्रीलंका र बंगलादेशको ‘ए’ टोलीले प्रतियोगितामा भाग लिनेछ । नेपालले आफ्नो पहिलो खेल जुन १३ तारिखमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले जुन १५ तारिखमा भारतसँग खेल्नेछ । समूहगत चरणको तेस्रो खेल नेपालले जुन १७ तारिखमा हङ्कङसँग खेल्नेछ ।

समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई÷दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल जुन १९ तारिखमा हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले जुन २१ तारिखमा उपाधिका लागि भिडन्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप