महिला इमर्जिङ टिम्स एसिया कप : नेपालको पहिलो खेल पाकिस्तानसँग
काठमाडौं । एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिता जुन १२ देखि २१ तारिखसम्म हङ्कङमा आयोजना हुँदैछ ।
अन्तिम समयमा आएर उक्त प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको हो । प्राविधिक समस्याका कारण थाइल्यान्डले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएपछि उक्त स्थानमा नेपालले खेल्ने अवसर पाएको हो ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त आयोजक हङ्कङ, भारत र पाकिस्तानका रहेका छन् । प्रतियोगितामा भारत र पाकिस्तानको ‘ए’ टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, यूएई र मलेसिया रहेका छन् । श्रीलंका र बंगलादेशको ‘ए’ टोलीले प्रतियोगितामा भाग लिनेछ । नेपालले आफ्नो पहिलो खेल जुन १३ तारिखमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले जुन १५ तारिखमा भारतसँग खेल्नेछ । समूहगत चरणको तेस्रो खेल नेपालले जुन १७ तारिखमा हङ्कङसँग खेल्नेछ ।
समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई÷दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल जुन १९ तारिखमा हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले जुन २१ तारिखमा उपाधिका लागि भिडन्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण