एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरूलाई बिना धितो कर्जा प्रदान गर्ने
काठमाडौँ । एनएमबि बैंक र दराज नेपाल बिच दराज नेपालका बिक्रेताहरूलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ ।
बिशेषगरी बैंकिङ्ग पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा रु. ५ लाख सम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उद्देश्य अनुसार गरिएको सम्झौता पत्र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदान प्रदान गरेका थिए ।
सो सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले अर्थतन्त्रको वास्तविक क्षेत्र तथा डिजिटलाईजेशलाई प्राथमिकता दिइरहेका र यस कर्जा मार्फत ग्राहकहरुले अनलाइनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई कर्जाका ग्राहकहरुको आवश्यक चालुपुंजी पूर्ति गर्ने बैंकले बिश्वास लिएको बताए ।
यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित बैंकले बिश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
-
शरीरको कुन अंगको लागि राम्रो हुन्छ नरिवल पानी ?
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
-
मुम्बईमा भारी वर्षाबिच भवन भत्किँदा ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण