कांग्रेसले चुनाव जिते पनि नेता-कार्यकर्तामा चैन छैन : अजयबाबु शिवाकोटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी चिन्तनमा चिन्ता मिसिएको पाउन थालिएको बताएका छन् । कांग्रेस धनकुटाको प्रथम जिल्ला सम्मेलनलाई बिहीबार सम्बोधन गर्ने क्रममा नेता शिवाकोटीले गाउँतहमा कांग्रेसजनकै चिन्तनले कांग्रेस बाँचेको उल्लेख गर्दै पछिल्लो समय यो चिन्तनमा चिन्ता मिसिएको पाइन थालेको बताएका हुन् ।
उनले कांग्रेसले बाटो बिराउँदै गएको प्रसङ्ग जोड्दै भने, ‘हामीले बाटो बिराएको कुरा हुन थालेको छ । संसदमा पहिलो पार्टी भएर पनि कांग्रेस किन तेस्रो पार्टीको पाउमा परेको छ ?’
चुनावमा गठबन्धन गर्नु कांग्रेसका लागि स्वभाविक नभएको दाबी गर्दै शिवाकोटीले भने, ‘प्रि–पोल यलायन्स गर्ने निर्णय भए यता चुनाव जिते पनि चैन छैन, मनमा छटपटी छ ।’
उनले लोकतन्त्रकै लागि लडेका दलका मूल नेताहरु कतै प्रतिगमनर्फ त गएका छैनन् रु भनी प्रश्न उठ्न थालेको बताए । उनले कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै पार्टी विधिविधानअनुसार नचल्नु दुर्भाग्य भएको जनाए ।
उनले भने, ‘हैन भने हाम्रो लोकतान्त्रिक दलमा किन आन्तरिक लोकतन्त्र कमजोर भयो ? किन विधि विधान अनुसार पार्टी संचालन भएन ?’
शिवाकोटीले ‘कांग्रेस हाम्रो हो, कांग्रेस हाम्रो भविष्य हो’ भन्ने लक्ष्य लिएर कांग्रेस रुपान्तरणमा युवाहरु होमिनु जरुरी रहेको बताए । उनले कांग्रेसको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई एकपछि अर्को विवादित निर्णयमा फस्न भन्दा जनहितमा निर्णय गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउँछौँ : गृहमन्त्री लेखक
-
अक्षतराज पौडेलको नाममा लेखियो सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान
-
युवाका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न सक्दैन : मुख्यमन्त्री लामा
-
चार वर्षमा सकिनु पर्ने ‘फास्ट ट्र्याक’को काम आठ वर्षमा बल्ल ४० प्रतिशत
-
विभिन्न माग राखी कर्मचारीले बुझाए समितिमा हस्ताक्षर
-
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा