साताको सेयर बजार : ७३ अंकले नेप्से बढ्दा १० अर्ब १५ करोडको कारोबार
काठमाडौँ । अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३.२७ अङ्कले बढ्दै १९३९.६१ अङ्कको विन्दुमा उक्लिएको हो । अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से सूचक १८ सय ६६.३४ अङ्कको विन्दुमा रहेको थियो भने यो साताको बिहीबार १९ सय ३९.६१ अङ्कको विन्दुमा पुगेको छ ।
यद्यपि, अघिल्लो साताको तुलनामा केही अङ्कले नेप्से सूचक वृद्धि घट्दै गर्दा यता कारोबार रकम समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १० अर्ब १५ करोड २१ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो हप्ता झन्डै ९३ अङ्कले नेप्से बढेको बजारमा १० अर्ब ७४ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।
पुनः एक खर्बले मार्केट क्यापिटलाइजेशन वृद्धि
अघिल्लो सातामा जस्तै यो साता पनि सेयर मार्केट क्यापिटलाइजेशन १ खर्ब माथिले बढ्न पुगेको छ । अघिल्लो साता २७ खर्ब २४ अर्ब ६५ करोड ५१ लाख ४० हजार रुपैयाँ रहेको मार्केट क्यापिटलाइजेशनमा थप १ खर्ब ९ अर्ब ७१ करोड ३० लाख वृद्धि भएको छ । स्टक एक्सचेन्जका अनुसार जेठ २५ गतेसम्मको सेयर मार्केट क्यापिटलाइजेशन २८ खर्ब ३४ अर्ब ३६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
शोमा युवतीमाथि अश्लील टिप्पणी गरेपछि समय रैना फेरि विवादमा
-
रुकुम पश्चिममा प्य्राङ्क भिडियो बनाउँदा पीडितको पनि मिलेमतो, तिनै जनालाई म्याद थप
-
पारिवारिक शोक र विश्वकपको मैदान : क्यानडाका नयाँ नायक स्टिफन युस्टाकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण