गीत/संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्नेछु: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गीत/संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार राजधानीमामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संगीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन्।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रमा केही सहयोग गर्ने अवसर पाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई निरन्तरता दिन चाहेको पनि स्पष्ट पारे ।
उनले भने, ‘हामीहरूको एउटा प्रचलन नै के भएको छ भने जुनसुकै कार्यक्रममा पनि भाषण धेरै हुने । भाषणले जे कार्यक्रमको महत्त्व हो, त्यसलाई नै कम गरिदिने गरेको छ । त्यसकारण अहिले म भाषण गर्दिन । संगीतको प्रवर्द्धनको लागि काम गर्नेछु । किनकि मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रलाई सरकारको तर्फबाट केही सहयोग गर्ने अवसर पाएको थिएँ । अहिले पनि तपाईंहरूलाई सहयोग हुने विश्वास दिलाउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण