साम्राज्ञीले स्तनमा टाटु खोपाएर दोषजति मिडियालाई लगाएपछि बबाल
काठमाडौं – गल्ती आफू गर्ने अनि त्यस्ता समाचार बाहिर आउँदा मिडियालाई दोष दिने चलचित्रकर्मीको पूरानै शैली हो । यो शैली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहमा पनि देखिएको छ ।
पछिल्लो समय दर्शकले रुचाएकी अभिनेत्री साम्रज्ञीले आफ्नो गल्तीमा मिडियालाई दोष मात्र लगाइनन्, उल्टै आक्रोस समेत पोखिन् ।
प्रशंग हो – आइतबार राजधानीमा आयोजित चलचित्र ‘तिमीसँग’को ट्रेलर लन्च कार्यक्रमको । कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारले कार्यक्रममा नयाँ समाचार मात्र पाएनन् – अभिनेत्री साम्राज्ञीको खप्की समेत खेप्नु पर्यो ।
केही पहिले अभिनेत्री साम्राज्ञी चलचित्र ‘कायरा’ छायांकनका लागि फिलिपिन्स पुगेकी थिइन् । सो समय उनले गोप्य अंग (स्तन) नजिक टाटु लेखाएको तस्बिर सार्वजनिक भएको थियो । उक्त तस्बिरलाई लिएर धेरैले उनको आलोचना गरेका थिए ।
आइतबारको कार्यक्रममा अभिनेत्री साम्राज्ञीले उक्त तस्बिर सार्वजनिक हुनुको सम्पुर्ण दोष समेत मिडियालाई लगाउन पछि परिनन् । धेरै पछि सार्वजनिक कार्यक्रममा देखिएकी उनलाई मिडियाले टाटुको
बिषयमा प्रश्न तेस्र्याएका थिए । मिडियाले प्रश्न राख्न नपाउदै उनले रिसाउदै उक्त टाटुको दोष टाटु खोप्ने कलाकार र समाचार बनाउने सञ्चारकर्मी माथि थुपारिन् ।
कार्यक्रममा उनले रिसाउदै भनिन्, ‘यो चलचित्र तिमीसँगको कार्यक्रम हो । त्यहीसँग सम्बन्धित भएर मात्र प्रश्न गर्नु होला ।’ त्यतिमा मात्र उनी रोकिइनन्, थपिन् ‘टाटु कान्डका दोषी मिडिया पनि हुन् । अर्काेको बारेमा बुझ्दै नबुझी समाचार बनाउने ?’
साम्रज्ञीको जवाफले तनावग्रस्त भएको कार्यक्रममा आयोजकलाई मिडिया थमथम्याउन निकै हम्मे हम्मे परेको थियो ।
आयोजकले यो प्रसंग छोडौ चलचित्रको बिषयमा कुरा गरौ भन्दा पनि केही पत्रकार साम्राज्ञीतिर लक्षित गर्दै गर्जिए, ‘वास्तवमा ट्याटु बनाउने कलाकारले फोटो मात्रै अपलोड गरेका हुन् । तर फोटो त पोज दिई दिई तपाईँले नै खिचाउनु भएको थियो । यो विषयमा किन रिसाउनु ?’
छेउमा रहेका अर्काे मिडियाकर्मी भन्दै थिए ‘धेरै पहिले अभिनेता राजेश हमालको विवादित फोटो सार्वजनिक हुँदा उनले सबैसँग माफी मागेका थिए । त्यसबेला पनि केही कमजोरीका साथ फोटो सार्वजनिक भएको थियो ।’ साम्राज्ञीले अग्रजबाट पनि केही सिक्नु पर्छ ।’
फेरि अर्का मिडियाकर्मी बोले, ‘यस्तो रिसाह प्रवृत्तिको स्वभाव सुधारिएन भने आउँदा दिनमा गाह्रो पर्न सक्छ ।’
यी सबै कुरालाई नजिकबाट नियालीरहेका एक चलचित्रकर्मी भन्दै थिए ‘ साम्रज्ञी आज जुन धरातलमा छिन् । त्यो धरातल बन्नुमा मिडियाको पनि हात छ । यो उनले बिर्सनु हुदैन ।’
कार्यक्रममा साम्राज्ञीले टाटुको बिषयमा मात्र होइन गाउँले केटीको भूमिका नगर्ने र गाउँले मन नपर्ने बिषयमा दिएको अभिव्यक्तिको समेत खण्डन गर्नु पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण