बजेट भाषण बिहान १० बजे राख्न सांसद गिरीको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले अर्को पटकदेखि बिहान १० बजे बजेट भाषण राख्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै सांसद गिरीले नेपालमा परम्परागत शैलीमा बजेट आउने गरेको बताए । बहुदल आएपछि होस् वा गणतन्त्र आएपछि होस् किन अपराह्न ४ बजे बजेट भाषण गर्नुपर्ने भन्दै सांसद गिरीले प्रश्न गरे ।
उनले त्यसको कारण खोज्दै जाँदा भारतमा बेलायतको उपनिवेश भएको बेला दिउँसो ४ बजे बजेट भाषण गर्ने गरेको, त्यतिबेला बेलायतमा बिहानको १० बज्ने भएकोले बेलायतका पदाधिकारीलाई सुनाउन दिउँसो ४ बजे बजेट भाषण गर्ने चलन नेपालमा चलिरहेकोले त्यसलाई परिवर्तन गर्न उनको माग छ ।
उनले जो अर्थमन्त्री हुन्छ उसले आफ्नो क्षेत्रमा बजेट धेरै लाने गरेको बताउँदै यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । विष्णु पौडेल अर्थमन्त्री भएको बेला रुपन्देहीमा बढी बजेट, जनार्दन शर्मा अर्थमन्त्री भएको बेला त्यस्तै भएको र हालको अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो जिल्लामा धेरै बजेट हालेको बताए ।
सांसदहरुप्रति जनताको धेरै अपेक्षा रहेको र त्यसलाई पूरा गर्ने हैसियत नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण