नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला

वीरगञ्ज । वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आज ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।
नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको चार राउण्ड, हर्नेटको १७ राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी कूल एक सय पाँच राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।
पोखरिया अस्पताललाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा
पर्साको पोखरिया नगरपालिका–४ पोखरिया बजारस्थित पोखरिया अस्पतालको स्तरोन्नति गरिने भएको छ । मधेस प्रदेश सरकार मातहत रहेको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने भएको हो । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाइने उल्लेख छ ।
पोखरियामा रहेको पोखरिया अस्पतालको स्तरोन्नतिका लागि प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको पहलमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंहले सरकारको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नति गर्ने योजना समावेश गराएका छन् ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा पोखरिया अस्पतालसँगै सर्लाहीको बरहथवा अस्पताल, धनुषाको डुमरिया अस्पताल र सप्तरीको भारदह अस्पताललाई पनि ५० शय्यामा स्तरोन्नति गरिने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा