प्रधानमन्त्रीसँग रेशम र मन्त्री रञ्जिताको भेटवार्ता : सुदूरपश्चिम सरकारबारे छलफल
धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएपछि पहिलोपटक चौधरी र मन्त्री श्रेष्ठले सुदूरपश्चिम सरकार लगायतका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेको श्रोतले बताएको छ । नाउपा संरक्षक चौधरीले सो भेटमा पूर्व सहमतिबाट सरकार पछि हट्न नमिल्ने प्रधानमन्त्रीलाई स्मरण गराएका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले नाउपासँग भएको सहमति अनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएको चौधरीले जानकारी दिए ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पछिल्लो पटक जेठ ६ गते नाउपालाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री शाहले नाउपालाई १ मन्त्रालय दिएर मन्त्री मण्डललाई पूर्णता दिन खोजेका थिए । तर पूर्व सहमति अनुसार मन्त्रालय भागबण्डा नभएको भन्दै नाउपा मन्त्रिमण्डल बाहिरै बसेको थिए । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अझै मन्त्रीविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण