मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डपत्नी सीता दाहाललाई नर्भिक लगियो

सोमबार, २९ जेठ २०८०, १६ : ०३
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हाे । 

लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलोअप उपचारका लागि नर्भिकमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ।  

अस्पताल स्रोतका अनुसार अस्पताल ल्याइएसँगै उनको नियमित चेकजाँच सुरु भएको छ । त्यहाँ भर्ना गरेर राख्ने या आजै निवास फर्किने भन्नेबारे यकिन भइनसकेको अस्पतालका एक अधिकारीले बताए ।

सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप