आदिपुरुषको आक्रामक बुकिङ, प्रदर्शन अघि ४ लाख टिकट बिक्री हुने प्रक्षेपण
काठमाडौँ । चलचित्र आदिपुरुष रिलिज हुनुअघि नै चर्चामा रहेको छ । आउने साता ६५०० स्क्रिनमा रिलिज हुन लागेको यो मेगा फिल्मको फ्यानहरू लामो समयदेखि पर्खिरहेका थिए ।
यस्तो अवस्थामा फिल्मको अग्रिम बुकिङ सुरु भएको छ । यो चलचित्रलाई लिएर फ्यानहरूको उत्साह अग्रिम बुकिङबाट मात्रै थाहा पाउन सकिन्छ । बुकिङ खुल्ला भएको मात्र २ दिनमा यस फिल्मको ४५ हजार टिकट बिक्री भएको छ । यो देखेर यो फिल्मले दर्शकको धेरै माया पाउने देखिन्छ ।
आइतबारदेखि आदिपुरुषको अग्रिम बुकिङ सुरु भएको हो । त्यसपछि फ्यानले पनि टिकट किन्न ढिला गरेनन् । बक्स अफिस रिपोर्टका अनुसार यो मेगा फिल्मको पिबिआरवाट २१ हजार ५०० टिकट बिक्री भइसकेको छ भने आइनक्समा यो चलचित्रको १४ हजार ५०० टिकट बिक्री भइसकेको छ भने सिनेपोलिसमा ९ हजार टिकट बिक्री भइसकेको छ ।
यसरी यो फिल्मका लागि सोमबारसम्म जम्मा ४५ हजार टिकट बिक्री भइसकेको छ । जसलाई उत्कृष्ट सुरुवात मानिएको छ । यसैबीच, बिहीबारको अन्त्यसम्ममा ३ लाख ५० हजार देखि ४ लाख टिकट बिक्री हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण