नेपाल विज्ञापन संघको ३३औ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३३औ वार्षिकोत्सव मनाएको छ । ‘सृजनसिल र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार’ भन्ने नाराका साथ आनले भव्य रुपमा वर्षिकोत्सव मनाएको छ ।
जेष्ठ ३० गते संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभात फेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम मनाइएको आनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शान्तिनगरबाट सुरु भएको प्रभात फेरी कार्यक्रम सहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोण सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई संघका अध्यक्ष सोमप्रसाद धितालले सम्बोधन गर्दै सृजनसिल र मर्यादित विज्ञापन बजारले नै सम्पूर्ण संचार माध्यम,विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए ।
कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले सम्बोधन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण