सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल विज्ञापन संघको ३३औ वार्षिकोत्सव सम्पन्न

मङ्गलबार, ३० जेठ २०८०, २१ : ३२
मङ्गलबार, ३० जेठ २०८०

 काठमाडौँ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३३औ वार्षिकोत्सव मनाएको छ । ‘सृजनसिल र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार’ भन्ने नाराका साथ आनले भव्य रुपमा वर्षिकोत्सव मनाएको छ ।

जेष्ठ ३० गते संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभात फेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम मनाइएको आनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शान्तिनगरबाट सुरु भएको प्रभात फेरी कार्यक्रम सहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोण सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई संघका अध्यक्ष सोमप्रसाद धितालले सम्बोधन गर्दै सृजनसिल र मर्यादित विज्ञापन बजारले नै सम्पूर्ण संचार माध्यम,विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए । 

कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले सम्बोधन गरेका थिए । 

कार्यक्रममा वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप