किन आउँदै छन् प्रधानमन्त्री प्रचण्ड आज दैलेख ?
सुर्खेत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दैलेख आउन लागेका छन् । कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् उनी दैलेख आउन लागेका हुन् ।
यो कार्यक्रम दुल्लू नगरपालिका–१२ स्थित दह गाउँमा हुने छ । दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो । यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ ।
कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (सालिक) स्थापना गरिएको छ । प्रधानमन्त्री दाहालले प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ ।
यो प्रतिमा २५ जेठमा काठमाडौँबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पुर्याइएको थियो ।
दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ ।
माओवादी केन्द्र दैलेखका नेता प्रेम कटुवालका अनुसार आज दिउँसो साढे २ बजे प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टर मार्फत दुल्लू आउने कार्य तालिका रहेको छ ।
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौँ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरमार्फत दैलेख आउने छन् ।
प्रतिमा अनावरण कार्यक्रमका अलावा प्रधानमन्त्रीले श्रीस्थानको अनुगमन गर्ने कार्यक्रम रहेको छ । ज्वाला क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ उत्खनन लगाएतका विषयमा उनले जानकारी लिने छन् । त्यसपछि प्रचण्ड आज नै काठमाडौँ फिर्ता हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण