आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति समाजद्वारा ७ जिल्लामा रक्तदान

बुधबार, ३१ जेठ २०८०, १३ : ३३
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ ।  विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुले विभिन्न ७ जिल्लामा रक्तदान कार्यक्रम गरेका छन् । शान्ति समाज महोत्तरी शाखाको आयोजनामा जलेश्वरमा सम्पन्न रक्तदान कार्यक्रममा २८ जनाले र चितवन शाखाद्वारा आयोजित कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् । 
यसैगरी शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा ३ दर्जन बढीले र शान्ति समाज नुवाकोट शाखा र नुवाकोट आर्दश बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा बट्टारमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् । 

यस्तै शान्ति समाज पाल्पा, बाँके र सुनसरी शाखाले पनि रक्तदान कार्यक्रम गरेका छन् ।
सन् २००४ देखि जुन १४ का दिन अन्तर्राष्ट्रिय स्तरमै विश्व रक्तदाता दिवस मनाइँदै आएको छ । शान्ति समाजले आफ्नो स्थापना दिवस, राष्ट्रिय परिषद् बैठक लगायत विभिन्न सन्दर्भमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप