सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

मलको अभाव र खडेरीबीच कैलालीमा रोपाइँ सुरु, तस्बिरहरू

बुधबार, ३१ जेठ २०८०, १३ : ३३
बुधबार, ३१ जेठ २०८०

धनगढी । मनसुन भित्रिन नपाउँदै कैलाली जिल्लामा धान रोपाइँ सुरु भएको छ । रासायनिक मललगायत कृषि सामग्रीको अभाव र सुख्खाबीच यहाँका किसानहरू धान बालीको रोपाइँ सुरु गरेका हुन् ।

कैलारी गाउँपालिका–८ दक्षिण टेढीका बाँधुराम चौधरी भन्छन्, ‘म ४ बिघा जमिनमा खेती गर्छु । खेतसम्म बाटो नहुँदा अरूले भन्दा पहिले नै रोपाइँ गर्नुपर्छ । पछि रोपाइँ गर्दा खेतसम्म जाने बाटोको समस्यासँगै कामदार पनि नपाइने समस्या हुन्छ । त्यसैले अहिले नै रोपाइँ सुरु गरेको छु ।’

स्थानीय कटैनी नदीको पानी मोटर पम्पबाट तानेर रोपाइँ सुरु गरेका उनीसँग रोपाइँको बेला खेतमा हाल्ने डीएपी मल छैन । तैपनि बाध्यतावश रोपाइँ सुरु गर्नुपरेको उनले पीडा पोखे ।

‘डीएपी मल धनगढी आएको खबर सुनेको छु । रोपाइँ गरिसकेपछि छर्नुपर्ला’, उनी भन्छन्, ‘नदीको पानीले रोपाइँ त गरियो । पछि पानी परेन भने यसरी नै धान सिँचाइ गर्नुपर्ला । पोहोर साल पनि पम्प सेटले नै सिँचाइ गर्नुपरेको थियो ।’

Dhan_ropai_kailali (3)

कैलारी गाउँपालिका–१ हसुलियाका खुसीराम चौधरीले पनि जेठ २९ गतेदेखि धान रोपाइँ सुरु गरेका छन् । खेतसम्म पुगेको सिँचाइको पानीले उनले रोपाइँ सुरु गरेको जानकारी दिए । सिँचाइ कुलो भएकोले पानीको त्यति समस्या नभएको बताउने उनले अब पनि पानी नपरे रोपेको धान सुक्ने चिन्ता व्यक्त गरे ।

धनगढी उपमहानगरपालिका–६ का विदेशराम चौधरीले जेठ २७ गते नै धान रोपाइँ सकाएका छन् । १ बिघा जमिनमा धान रोपाइँ गर्दै आएका उनले पनि कामदार नपाइने समस्याका कारण जेठ महिनामै रोपाइँ सम्पन्न गरेको जानकारी दिए ।

Dhan_ropai_kailali (2)

जिल्लाको केही किसानले धान रोपाइँ सुरु गरे पनि अधिकांश किसान भने रोपाइँको तयारीमा जुटेका छन् । धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कैलालीमा मल, बिउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले अकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ । 

कैलालीमा विगतको वर्षझैँ हाल पनि रासायनिक मलको अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह खड्काले पहिलो चरणमा आएको डीएपी र यूरिया मल वितरण भइसकेको बताए । १६६३ मेट्रिक टन डीएपी मल पुनः एक हप्ताभित्रै धनगढी ल्याउने तयारीमा रहेको बताउँदै बोगटीले सो मल आएपछि केही सहज हुने जानकारी दिए । 

Dhan_ropai_kailali (4)Dhan_ropai_kailali (5)Dhan_ropai_kailali (7)Dhan_ropai_kailali (9)Dhan_ropai_kailali (10)

Dhan_ropai_kailali (13)Dhan_ropai_kailali (14)Dhan_ropai_kailali (16)Dhan_ropai_kailali (17)Dhan_ropai_kailali (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप