बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेता वर्षमान पुन १ असारमा नेपाल आउने

बुधबार, ३१ जेठ २०८०, २३ : १०
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् । लामो समयदेखि चीनमा उपचार गराएका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् । 

उनी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ । 

पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । 

पुनले गत चैत्र ७ गते टेलिफोन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक राजनीतिबारे संवाद गरेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि आफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौँमा आएर आराम गरिरहेका थिए ।  

माओवादी केन्द्रका तर्फबाट सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यवस्थताका कारण पुरानै रोग जण्डिस बल्झिएको थियो । 

जण्डिस दोहोरिएपछि नेता पुन २०७८ साल असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि त्यसयता उनको चीनको सेनजेनमा उपचार हुँदै आएको छ । 

नेपालमा हुँदा नेता पुनको उपचार सुमेरु अस्पतालमा डा। युवराज शर्माले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप