नेता वर्षमान पुन १ असारमा नेपाल आउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् । लामो समयदेखि चीनमा उपचार गराएका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।
उनी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए ।
पुनले गत चैत्र ७ गते टेलिफोन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक राजनीतिबारे संवाद गरेका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि आफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौँमा आएर आराम गरिरहेका थिए ।
माओवादी केन्द्रका तर्फबाट सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यवस्थताका कारण पुरानै रोग जण्डिस बल्झिएको थियो ।
जण्डिस दोहोरिएपछि नेता पुन २०७८ साल असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि त्यसयता उनको चीनको सेनजेनमा उपचार हुँदै आएको छ ।
नेपालमा हुँदा नेता पुनको उपचार सुमेरु अस्पतालमा डा। युवराज शर्माले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण