सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अटेरी ठेकेदार

सालझन्डी–ढोरपाटन सडक निर्माण कछुवा गतिमा

चौध वर्षसम्म सडकको भौतिक प्रगति ३९ प्रतिशत मात्र
बिहीबार, ३२ जेठ २०८०, ०६ : ५७
बिहीबार, ३२ जेठ २०८०

रुपन्देही । रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँची हुँदै बाग्लुङ्गको ढोरपाटनसम्म पुग्ने १९ किलोमिटर सडकको काम कछुवाको गतिमा छ । पर्यटकीय स्थल लुम्बिनी र ढोरपाटनलाई जोड्ने उद्देश्यले २०६६ सालदेखि सुरु भएको सडक निर्माणको काम थोरै बजेट र ठेकेदारको अटेरीपनका कारण सुस्त छ ।  

८अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५-४० करोड मात्रै बजेट विनियोजन गरिन्छ । यो सडकमा गत वर्षसम्म जम्मा २ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षमा ४० करोड बजेट खर्च भएको छ । हालसम्म सडकको भौतिक प्रगति ३९ प्रतिशत रहेको सालझन्डी–ढोरपाटन सडक परियोजनाले जनाएको छ ।

हाल तीन खण्डमा छुट्टाछुट्टै ठेक्का लगाएर काम गरे पनि ठेकेदारहरूले विभिन्न वहानादेखाउँदै अटेर गरेपछि अपेक्षा गरेअनुसार प्रगति नभएको सालझन्डी ढोरपाटन सडक परियोजना प्रमुख इन्जिनियर अन्जु परियारले बताइन्।

यस क्रममा ८ वटा पुल निर्माण गर्नुपर्नेमा ६ वटा निर्माण भइसकेको तर दुई वटा पुलको अझै ठेक्कासमेत लागेको छैन।बाँकी रहेको ढोरपाटन नगरपालिकामा पर्ने दोवल खोलाको पुल  र बहुला बासेको पुल नक्सा डिजाइन हुँदैछ । 

लुम्बिनी–ढोरपाटन सडकको ट्रयाक खोल्ने काम पूरा भएकाले यातायात आवतजावत गर्न मिल्ने अवस्था रहे पनि पिचको काम धेरै बाँकी छ । ग्राभेल भने ७७ किलोमिटर भएको छ । 

दोवल खोलाको पुल  डिजाइन २०७४ सालमा  भएको थियो तर ठेक्का नलाउँदै ७७ सालमा आएको बाढीले खोलाको स्वरूप नै परिवर्तन गरिदिएपछि फेरी समस्या आएको प्रमुख इन्जिनियर परियारले बताइन् ।

लुम्बिनी–ढोरपाटन सडकको ट्रयाक खोल्ने काम पूरा भएकाले यातायात आवतजावत गर्न मिल्ने अवस्था रहे पनि पिचको काम धेरै बाँकी छ । ग्राभेल भने ७७ किलोमिटर भएको छ । 

कुल सडक १९७ किलोमिटर सडक
कुल १९७ किलोमिटर सडकमा अहिले सरकारले वहुवर्षे ठेक्का लगाएर तीन ठाउँमा काम चाल्दै छ । परियोजना सूचना अधिकारी ईन्जिनियर सरोज आचार्यका अनुसार पाल्पाको कन्चनखोलादेखि अर्घाखाँचीको खुर्साने १३ किलोमिटरसम्म २४ करोडमा पिच गर्न रमन जेभी ललितपुरसँग २०७७पुसमा सम्झौता भएको थियो । यसअनुसार २८ महिनाको सम्झौता जेठमा पूरा हुँदैछ ।

road nirman

यस्तै खुर्सानेदेखी मैदानसम्म फुदवाङ्ग पिके अर्घाखाँची जेभीले १ करोडमा ठेक्का लिएको छ । यस्तै, बाग्लुङ्गको बुर्तिवाङ फल्लेघर २२ किलोमिटरसडक खण्डको लागि  २५करोडमा स्वछन्द कम्पनीले ठेक्का लिएको छ । उसँग  सडक ग्राभेलको मात्र काम गर्ने सम्झौता भएको हो । 

यो सडक निर्माण भएपछि अर्घाखाँचीबाट बुटवल आउन २७ किलोमिटर दूरी कम पर्छ ।

यो सडक निर्माण सम्पन्न भएपछि बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा छोट्टिनेछ । बागलुङको पश्चिमी क्षेत्रका स्थानीय, प्युठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । 

अर्घाखाँचीको निगालीमा सडक खनेर समयमा निर्माण नगर्दा धुलो खाने बाध्यता रहेको स्थानीय घनश्याम पाण्डेले गुनासो गरे । उनले भने,सडकको काम समयमा पुरा भए बुटवल जान छोटो हुने थियो तर यहाँ त वर्षौदेखि समस्या छ ।

लुम्बिनी प्रदेश  पर्यटन बोर्डका कार्यकारी रामु जोशीले यो सडक निर्माणपछि सिकार आरक्षण क्षेत्र जाने पर्यटकलाई मात्र सुगम हुने छैन, होटेल,  होमस्टे लगायतका पर्यटकीय गतिविधिले बढावा पाउने अपेक्षा रहेको बताए । 

यो सडक निर्माण सम्पन्न भएपछि बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा छोट्टिनेछ । बागलुङको पश्चिमी क्षेत्रका स्थानीय, प्युठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप