अपडेट : ग्रिसमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ८३ पुग्यो
रोम । ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या ८३ पुगेको छ । दुर्घटना पछि ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।
मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए ।
राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ । सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्ने बताएका छन् । ग्रिसका अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण