नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
बिहीबार, ३२ जेठ २०८०, १६ : ५०

काठमाडौँ । समाजवादी मोर्चा गठनबारे जानकारी दिन नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सो पार्टीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सचिवालय बैठक असार १ गते शुक्रबार बिहान ८ बजे बस्नेगरी बोलाइएको हो । ‘शुक्रबार बिहान ८ बजे बस्नेगरी बैठक बोलाइएको छ । खासगरी समाजवादी मोर्चा गठनबारे जानकारी दिन बैठक बोलाइएको हो’, तुलाधरले भने, ‘त्यसबाहेक अन्स समसामयीक छलफल त भैहाल्छ ।’
माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी भएको नेताहरुको भनाई छ । उनीहरुका अनुसार असार १ गते नै उक्त मोर्चा घोषणाको तयारी भएपनि अहिलेसम्म समय निश्चित भैसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन