नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
बिहीबार, ३२ जेठ २०८०, १६ : ५०
काठमाडौँ । समाजवादी मोर्चा गठनबारे जानकारी दिन नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सो पार्टीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सचिवालय बैठक असार १ गते शुक्रबार बिहान ८ बजे बस्नेगरी बोलाइएको हो । ‘शुक्रबार बिहान ८ बजे बस्नेगरी बैठक बोलाइएको छ । खासगरी समाजवादी मोर्चा गठनबारे जानकारी दिन बैठक बोलाइएको हो’, तुलाधरले भने, ‘त्यसबाहेक अन्स समसामयीक छलफल त भैहाल्छ ।’
माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी भएको नेताहरुको भनाई छ । उनीहरुका अनुसार असार १ गते नै उक्त मोर्चा घोषणाको तयारी भएपनि अहिलेसम्म समय निश्चित भैसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण