सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा विद्युत् अवरुद्ध हुँदा जनजीवन प्रभावित

बिहीबार, ३२ जेठ २०८०, १८ : ४७
बिहीबार, ३२ जेठ २०८०

विराटनगर । विराटनगरका विभिन्न स्थानमा बुधबार राति आएको हावाहुरीले अवरुद्ध  विद्युत्  सेवा अझै सुचारु हुन सकेको छैन ।

हावाहुरीले विद्युतका पोल ढाल्दा विराटनगरमा दिनभरि विद्युत् अवरुद्ध भएको हो । 

नेपाल बिद्युत प्राधिकरणका अनुसार साँझ साढे ६ बजेसम्म विद्युत् अवरुद्ध हुँदा औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योगलगायत ठप्प भएका छन् । 

यस्तै गर्मीका कारण सर्वसाधारण पनि प्रभावित भएका छन् । विराटनगरको अहिलेको तापक्रम ३१ डिग्रीभन्दा बढी छ । ढालेका पोलहरूको मर्मत भइरहेको नेपाल विद्युत् प्राधिकरण विराटनगरले जनाएको छ ।

विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिकरणको भनाई छ । मर्मतको काम सकिएपछि विद्युत् आउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप