विराटनगरमा विद्युत् अवरुद्ध हुँदा जनजीवन प्रभावित
बिहीबार, ३२ जेठ २०८०, १८ : ४७
विराटनगर । विराटनगरका विभिन्न स्थानमा बुधबार राति आएको हावाहुरीले अवरुद्ध विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन ।
हावाहुरीले विद्युतका पोल ढाल्दा विराटनगरमा दिनभरि विद्युत् अवरुद्ध भएको हो ।
नेपाल बिद्युत प्राधिकरणका अनुसार साँझ साढे ६ बजेसम्म विद्युत् अवरुद्ध हुँदा औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योगलगायत ठप्प भएका छन् ।
यस्तै गर्मीका कारण सर्वसाधारण पनि प्रभावित भएका छन् । विराटनगरको अहिलेको तापक्रम ३१ डिग्रीभन्दा बढी छ । ढालेका पोलहरूको मर्मत भइरहेको नेपाल विद्युत् प्राधिकरण विराटनगरले जनाएको छ ।
विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिकरणको भनाई छ । मर्मतको काम सकिएपछि विद्युत् आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण