विद्यालय कर्मचारी परिषद्का अध्यक्षसहित पक्राउ परेकाहरू ४ घण्टापछि रिहा
बिहीबार, ३२ जेठ २०८०, १९ : २०
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीसहित पक्राउ परेकाहरू ४ घण्टापछि रिहा भएका छन्।
सेवा सुरक्षा ग्यारेन्टीको माग गर्दै आन्दोलन गरिरहेका विद्यालय कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।
हस्तक्षेपको क्रममा प्रहरीले अध्यक्ष तिवारीसहित ५ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो।
प्रहरीले अध्यक्ष तिवारीसहित वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ, हुम्ला जिल्ला सचिव धनबहादुर महत, उदयपुर जिल्ला अध्यक्ष लक्ष्मी कार्की, सिन्धुली जिल्ला अध्यक्ष नवराज तिमिल्सिनालाई पक्राउ गरेको थियो।
सरकारले बजेट भाषणमार्फत आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारीहरू लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण