शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

गण्डकीको बजेट शुक्रबार, मुख्य प्राथमिकता के ?

बिहीबार, ३२ जेठ २०८०, १९ : २९
बिहीबार, ३२ जेठ २०८०

पोखरा । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

शुक्रबार अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गर्नेछन् । गण्डकी प्रदेशको बजेट ३३ अर्ब आसपासको ल्याउने तयारी छ ।

कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन र सिँचाइ, प्रदेश गौरवका आयोजना पूरा गर्न जोड दिँदै बजेट ल्याउने सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले बताइन् ।

वर्तमान आर्थिक संकटका कारण आगामी वर्षका लागि ल्याउन लागेको बजेटको आकार भने घट्ने उनको भनाइ छ । प्रदेशको आयस्रोत वृद्धि नभएको र राजस्व पनि कम उठेकै कारण प्रदेश सरकारले आगामी वर्षका लागि ल्याउन लागेको बजेट खुम्चिने उनले बताइन् ।

‘वर्तमान अवस्थालाई मूल्याङ्कन गरेर प्रदेश सरकारले बजेट ल्याउँछ । प्रदेशको अनुमानित बजेट ३२/३३ अर्बको हाराहारीमा आउँछ,’ उनले भनिन् ।

यसअघि प्रदेशले आफ्नो क्षमताभन्दा ठूलो बजेट ल्याउँदा कार्यान्वयनमा चुनौती देखिएको छ । चालु आर्थिक वर्षमा अघिल्लो सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याए पनि कार्यान्वयनमा चुनौती भइरहेको छ ।

सरकारले बजेटमार्फत ३० लाखभन्दा तलका योजनालाई प्राथमिकतामा नदिने जनाइएको छ । प्रदेशमा उठेको राजस्वलाई आधार मान्दै बजेट ल्याइने अर्थ मन्त्रालयले जनाएको हो ।

चालु आवमा वर्षका लागि ल्याएको बजेटमा कर तथा राजस्वबाट ११ अर्ब ३४ करोड ३७ लाख उठाउने लक्ष्य लिए पनि आधा राजस्व पनि उठाउन नसकिएको मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक कार्यक्रममै बोल्दै आएका छन् । प्रदेशमा राजस्व ५० प्रतिशत पनि नउठेको बेला संघ सरकारले प्रदेशमा विनियोजित रकम घटाएको उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले संघ सरकारले दिँदै आएको बजेटमा अहिले ४ अर्ब कटौती भएको सुनाए । संघीय सरकारबाट प्रदेशमा परेका ५ लाख रुपैयाँ मुनिका योजना भने संघमै फिर्ता गराउने उनको भनाइ छ ।

‘संघबाट प्रदेशमा १ सयभन्दा बढी योजना ५ लाख भन्दा मुनिको रहकाले ती योजना संघलाई नै फिर्ता गराउँछौं,’ मुख्यमन्त्री पाण्डे भन्छन् ।

यस्तो थियो विगतको बजेट

g

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप