गण्डकी प्रदेशले पनि नयाँ सवारी खरिद नगर्ने
पोखरा । गण्डकी प्रदेश सरकारले पनि आगमी आर्थिक वर्ष नयाँ सवारी साधान खरिद नगर्ने घोषणा गरेको छ । संघ सरकारले पनि आगमी आर्थिक वर्ष नयाँ सवारी खरिद नगर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आगमी आर्थिक वर्ष प्रदेशमा नयाँ सवारी साधान खरिद नगर्ने घोषणा गरेका हुन् । ‘सार्वजनिक वित्त व्यवस्थापन र आर्थिक अनुसासन व्यवस्थापन अत्यावश्यक सेवा बाहेक नयाँ सवारी साधान खरिद गरिने छैन,’ मन्त्री मगरले भने ।
प्रदेश सरकारको पुँजीगत खर्च वृद्धि गर्ने र चालु खर्च न्यूनिकरण गर्न मापदण्डको प्रभावकारी कार्यान्वयन मन्त्री मगरले सुनाए । विद्युतीय भुक्तानीलाई प्रभावकारी वित्तिय साक्षरता वृद्धि गर्न कार्यक्रम सञ्चालन गरिने उनले सुनाए । हाल सञ्चालनमा रहेको प्रदेश गौरवका आयोजना, बहुवर्षीय योजना, क्रमागत योजनाको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गरिने उनले सुनाए । ‘प्रदेश र स्थानीय तहका कर्मचारीलाई योजना तथा बजेट तर्जुमा सम्बन्धी क्षमता अभिवृद्धि गर्न आवश्यक बजेट वृद्धि गरेको छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण