गण्डकी प्रदेशले पनि नयाँ सवारी खरिद नगर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले पनि आगमी आर्थिक वर्ष नयाँ सवारी साधान खरिद नगर्ने घोषणा गरेको छ । संघ सरकारले पनि आगमी आर्थिक वर्ष नयाँ सवारी खरिद नगर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आगमी आर्थिक वर्ष प्रदेशमा नयाँ सवारी साधान खरिद नगर्ने घोषणा गरेका हुन् । ‘सार्वजनिक वित्त व्यवस्थापन र आर्थिक अनुसासन व्यवस्थापन अत्यावश्यक सेवा बाहेक नयाँ सवारी साधान खरिद गरिने छैन,’ मन्त्री मगरले भने ।
प्रदेश सरकारको पुँजीगत खर्च वृद्धि गर्ने र चालु खर्च न्यूनिकरण गर्न मापदण्डको प्रभावकारी कार्यान्वयन मन्त्री मगरले सुनाए । विद्युतीय भुक्तानीलाई प्रभावकारी वित्तिय साक्षरता वृद्धि गर्न कार्यक्रम सञ्चालन गरिने उनले सुनाए । हाल सञ्चालनमा रहेको प्रदेश गौरवका आयोजना, बहुवर्षीय योजना, क्रमागत योजनाको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गरिने उनले सुनाए । ‘प्रदेश र स्थानीय तहका कर्मचारीलाई योजना तथा बजेट तर्जुमा सम्बन्धी क्षमता अभिवृद्धि गर्न आवश्यक बजेट वृद्धि गरेको छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो
-
‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो
-
दीपक र रेजिनालाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान
-
मध्यपश्चिम विश्वविद्यालयलाई नसुधारिएको कि सुधार्न नखोजिएको ?
-
लुम्बिनी प्रदेशका एमाले सांसद विष्णु पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र