ललितपुरमा बस दुर्घटना, १९ जना घाइते
शनिबार, ०२ असार २०८०, ०८ : ४७
ललितपुर । ललितपुरमा बस दुर्घटना भएको छ । ललितपुरको इमाडोल भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस शनिवार बिहानै बिच सडकमा नै पल्टिएको हो ।
प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बस अनियन्त्रित भई बिच सडकमा पल्टिएको हो। ग्वार्को निस्कन लागिरहेको अवस्थामा तीव्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिए पछि झन्डै २० मिटर जति घिस्रिन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण