बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

२९ वर्षीया प्रेमिकाबाट पिता बने ८३ वर्षीय अल पाचिनो

शनिबार, ०२ असार २०८०, १५ : २०
शनिबार, ०२ असार २०८०

न्युयोर्क । हलिउड अभिनेता अल पाचिनो ८३ वर्षको उमेरमा पिता बनेका छन् । उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहले छोरालाई जन्म दिएकी हुन् । छोराको नाम रोमन पचिनो राखिएको छ ।

 अल पचिनोले यो उनको लागि धेरै विशेष क्षण भएको बताएका छन् । यसअघि नूर अल्फाल्लाहले आफ्नो गर्भावस्थाबारे अल पचिनोबाट लुकाएकी थिइन् । जसका कारण अभिनेताले डीएनए परीक्षण गराउने कुरा समेत गरेका थिए । अल पचिनोले एक पुरानो अन्तर्वार्तामा आफू आफ्नो बुबा जस्तै गैरजिम्मेवार बुबा बन्न नचाहेको बताएका थिए । अल पचिनोको बुबाले उनलाई र उनको आमालाई बच्चा हुँदा नै त्यागेका थिए। 

गत मे ३१ मा नूरको गर्भावस्थाको कुरा मिडियामा आएको थियो । नूरले यो कुरा अल पचिनोलाई ११ हप्तासम्म नभएको बताइएको छ । रिपोर्टमा यो पनि भनिएको छ कि नूरले अल पचिनोलाई गर्भावस्थाको बारेमा बताएकी थिइनन् किनभने उनी थप बच्चाहरू चाहँदैनन्। अल पचिनोका छोराछोरीहरू आफ्नो बुबा उमेरको यो चरणमा बुबा बनोस् भन्ने चाहँदैन थिए  । अल पचिनोका पहिले नै तीन सन्तान छन्। जेठी छोरीको नाम जुली मेरी हो। उनको उमेर ३३ वर्ष हो । यसबाहेक उनका दुई जुम्ल्याहा सन्तान एन्टोन र ओलिभिया पनि छन् । दुवैको उमेर २२ वर्ष रहेको छ ।

अल पचिनो र नूर ब्रेकअप भएको पनि समाचारहरु प्रकाशित भएका थिए  । यी दुईको सम्बन्ध खासै पुरानो छैन । दुवैको भेट कोरोना महामारीका बेला भएको थियो । यसै क्रममा दुवै एक अर्काको नजिक आए । अल पचिनो र नूर अप्रिल २०२२ मा भेनिस शहरमा सँगै देखिएका थिन्। दुवैजना इटालियन रेस्टुरेन्टमा खाना खाइरहेको देखिएका थिए । 

अल पचिनो आफ्नो बुबाभन्दा जेठो भएकोले पनि नूरले आफूलाई उमेरमा कुनै समस्या नभएको बताएकी थिइन् । हुन पनि नूरको सबै अफेयर ६० वर्ष नाघेको व्यक्तिहरुसँग रहँदै आएको छ । उनी यसअघि प्रसिद्ध गायक मिक जागर (७४ वर्ष), व्यापारी निकोलस बर्ग्रेन (६० वर्ष) र ९१ वर्षीय फिल्ममेकर क्लिन्ट इस्टवुडसँग पनि सम्बन्धमा रहेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप